सामाजिक कामसहित नेपाल इन्भेष्टमेन्टको वार्षिकोत्सव

सोमबार, १६ फागुन, २०७८
डिजिटल संस्करण

नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो स्थापनाको ३६औँ वार्षिकोत्सव विभिन्न सामाजिक काम गरेर मनाएको छ । बैंकले रक्तदान, वृद्धाश्रम–बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोरमैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक ‘बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा’को विमोचनलगायतका कार्यक्रमहरू आयोजना गरेर वार्षिकोत्सव मनाएको हो । 

वार्षिकोत्सवको अवसर पारेर बैंकले निक्षेप रकम २० वर्षमा ६ गुणा हुने ‘गज्जब ६ मुद्दती खाता’समेत सञ्चालनमा ल्याएको जनाएको छ । यो ३६ वर्षमा बैंकले सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित–राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा एक सय ३१ एटिएममार्फत गुणस्तरीय सेवा प्रदान गर्न बैंक सफल भएको जनाइएको छ ।

बैंकले पाँचपटकसम्म बैंक अफ द इयर तथा युरो मनी अवार्डबाट सम्मानित भई ३६ वर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकमा उत्कृष्ट सेवा पुर्याउँदै आफ्नो दरिलो पहिचान बनाउन बैंक सक्षम बनेको उल्लेख गरेको छ । 

सुझावित समाचार