नेपाल कुनै पनि सैन्य रणनीतिको हिस्सेदार हुन सक्दैन : अर्थमन्त्री

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

अर्थमन्त्री जनार्दन शर्माले नेपाल कुनै पनि सैन्य रणनीतिकाे हिस्सेदार हुन नसक्ने बताएका छन् । आइतबार संसद्को बैठकमा एमसिसीमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले नेपालको संविधानअनुसार निर्मित कानुनलाई नेपालले मान्ने उनले बताए ।

राष्ट्रिय सहमतिको आधारमा एमसिसी अगाडि बढाउने प्रयास सरकारले गरिरहेको छ। प्रतिपक्षी एमालेलाई छलफलमा सहभागी हुन उनले आग्रह गरे । 

सांसद र जनताले उठाएका प्रश्न र चिन्ताप्रति सरकार गम्भीर रहेको उनले बताए । व्याख्यात्मक धारणा सरकारको तर्फबाट सदनमा प्रस्तुत हुने जानकारी पनि उनले दिए ।

सुझावित समाचार