युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा इयूकाे सदस्यता माग

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई युरोपियन युनियन (इयू)को सदस्यता माग गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत सो आग्रह गरेका हुन्।

राष्ट्रपति जेलेन्स्कीले ट्विटमा लेखेका छन्, ‘अहिले नै सबै कुराको छलफल गर्न सम्भव छैन। हामी निकै अप्ठ्यारो अवस्थामा छौँ। त्यसैले हामीलाई युरोपियन युनियनको सदस्यता दिइयोस्।’ हाल युक्रेनमाथि रुसले हमला गरिरहेको छ। रासस/सिन्ह्वा

सुझावित समाचार