थोत्रा गाडिले ढाक्यो सरकारी कार्यालय परिसर (फोटोफिचर)

शनिबार, १४ फागुन, २०७८
डिजिटल संस्करण
थोत्रा गाडिले ढाक्यो सरकारी कार्यालय परिसर (फोटोफिचर)

बानेश्वरस्थित हेभि इक्युपमेन्ट डिभिजनमा थन्किएका सवारी

विभिन्न कामका लागि ल्याइएका महँगा गाडी विग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन्। मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडि थन्क्याएर कमिसन आउने लोभमा नयाँ गाडि किन्ने प्रवृत्ती बढेको छ। सरकारी कार्यालयका परिसरमा वर्षौंदेखि सवारी साधन थन्किँदा कार्यालय थोत्रा गाडिका ग्यारेजजस्ता बनेका छन्।

केही बर्षअघिसम्म सिंहदरवार परिसरमा बग्रेल्ती देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरवार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझै देखिन्छन्। पार्किङ र खुला ठाँउमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन्। कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ। ती वर्षौंदेखि थन्किएका गाडि मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन्।

यस्ता छन् न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले संकलन गरेका राजधानीको पुल्चोकस्थित सरकारी विभाग, कार्यालयहरु, बानेश्वरस्थित यातायात विभाग परिसर, सडक विभाग र सिंहदरवार परिसरमा थन्किएका सवारीसाधनका तश्विरहरु :

सुझावित समाचार