बालकोटबाट बाहिरिए देउवा, १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेकाे अडान कायमै

भोली पुनः छलफल गर्ने

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण
बालकोटबाट बाहिरिए देउवा, १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेकाे अडान कायमै

तस्बिर : अमुल थापा

एमसिसी परियोजना विषय पेचिलो बन्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवा दौडधुपमा छन् । सत्तागठबन्धनकै नेताहरू संशोधनविना एमसिसी पास गर्न तयार नभएपछि देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग नजिकिएका छन् । उनी बारम्बार एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्तामा छन् ।

आज पनि ओली भेट्न बालकोट पुगेका देउवा भर्खर बाहिरिएका छन् । नेपाली कांग्रेसका शीर्ष नेतासहित बालकोट पुगेका देउवाले एमसिसी परियोजना सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका थिए । 

प्रधानमन्त्रीले राखेको प्रस्तावमा एमाले अध्यक्ष ओलीले सबैभन्दा पहिला एमालेलाई संसदमा छलफलको लागि आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान दोहोर्‍याएको सूचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । एमालेले सभामुखको पनि राजीनामा माग गरेको उनले बताए । प्रधानमन्त्रीले  भोलि पुनः ओलीसँग छलफल गर्ने जनाइएको छ । 

See More On

सुझावित समाचार