युक्रेन घटनाप्रति डा. केसीको विरोध, युद्ध रोक्न आग्रह

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

अभियन्ता डा. गोविन्द केसीले अँगारले लेखेर युक्रेन घटनाको विरोध गरेका छन्। गुल्मीको तम्घासमा रहेका केसीले घटनाको विरोध गर्दै युद्ध रोक्न आग्रह गरेका छन्। उनले युद्ध रोक्न आग्रह गर्दै पताकामा अँगारले लेखेर आफ्नो अभिव्यक्ति जाहेर गरेका हुन्। 

‘रुसले युक्रेनमाथि गरेको युद्ध अपराधको पराकाष्ठा हिजो राति बिबिसीलगायत विभिन्न समाचारमाध्यमबाट अवगत भयो। २१औँ शताब्दीमा पनि यस्तो हुन सक्छ भनेर कल्पना पनि गर्न सकिँदैन। २१औँ शताब्दीको हिटलर पुटिन। हिटलरभन्दा पनि क्रूर। संसारभरिका सबैले यसको घोर विरोध र भर्त्सना गर्नुपर्दछ र रोक्ने प्रयास गर्नुपर्छ,’ उनले प्रतिक्रिया दिएका छन्।

डा. केसीले घटनाबारे थाहा पाउनेबित्तिकै मन्दिरमा चढाएको पताकामा अँगारले लेखेको तस्बिर सार्वजनिक गरेका छन्। ‘म प्युठान जाने क्रममा अहिले गुल्मीको तम्घासमा छु। म यो घटनाले आहात भएको छु र सबै नेपालीहरू आहात छन्। म रेसुंगा तपोभूमिमा गएर मन्दिरमा कसैले चढाएको पताकामा मन्दिरको अँगार (साथमा साधारण कलम मात्र भएकाले) आफ्नो अभिव्यक्ति जाहेर गरेँ,’ उनले तस्बिर सार्वजनिक गर्दै भनेका छन्।

सुझावित समाचार