एमसिसीविरुद्धको प्रदर्शनका क्रममा घाइते भएका हेमराज अवस्थीलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको छ। माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले विज्ञप्ति जारी गर्दै अप्रेसनपश्चात् भेन्टिलेटरमा राखिएका उनको आइसियूमा उपचार भइरहेको जनाएको छ।
३० वर्षीय अवस्थी एमसिसीविरुद्ध बिहीबार भएको प्रदर्शनका क्रममा टाउकोमा गम्भीर चोट लागेर घाइते भएका थिए। ट्रमा सेन्टरमा उपचारपश्चात् उनलाई थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो।
