एमसिसी खारेज गर्न माग गर्दै प्रधानमन्त्रीलाई विद्यार्थीको ज्ञापनपत्र

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभामा दर्ता भएको अमेरिकी सहयोग परियोजना एमसिसी खारेज गर्न माग गर्दै मोरङका विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन्। अखिल (क्रान्तिकारी) मोरङमा आबद्ध विद्यार्थीले बिहीबार एमसिसी खारेज गर्न माग गर्दै प्रधानमन्त्री देउवालाई जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र पठाएका हुन्। 

एमसिसीविरुद्ध नाराबाजीसहित विराटनगरस्थित जिल्ला प्रशासन पुगेका संगठनका जिल्ला अध्यक्ष नगेन्द्र घिमिरे, सचिव धर्मेन्द्र ऋषिदेवलगायतको समूहले  सिडिओ काशीराज दाहाललाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो। अखिल (क्रान्तिकारी) मोरङले बुधबार एमसिसीको विरोधमा विराटनगरको ट्राफिक चोकमा ‘मिनी जनमतसंग्रह’ समेत आयोजना गरेको थियो।

सुझावित समाचार