रेडपान्डाको छालासहित ललितपुरबाट एकजना पक्राउ

सोमबार, ९ फागुन, २०७८
डिजिटल संस्करण

बेच्न राखेको रेडपान्डाको छालासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको एकान्तकुनाबाट २६ वर्षीय नवराज केसीलाई प्रहरीले पक्राउ गरेको हो।

रेडपान्डाको छाला बेच्ने तयारी गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। एकान्तकुनामा पक्राउ परेका केसी नयाँ बसपार्क बस्दै आएका थिए। अनुसन्धान गर्दै जाँदा प्रहरीले उनी बस्ने कोठाबाट रेडपान्डाको छाला बरामद गरेको हो।
 

सुझावित समाचार