बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका साथै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि लामो राजनीतिक संक्रमणकाल समाप्त भएको बताएका छन्।
७२औँ प्रजातन्त्र दिवसका अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त प्रजातन्त्रलाई थप सुरक्षित र व्यवस्थित गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने बताए। मुलुकमा विभिन्न समयमा भएको क्रान्तिपश्चात् पुरानो संरचना बदलिएर नयाँ संरचना स्थापना भए पनि जनअपेक्षाअनुसारको काम गर्न अझै नसकिएको बताउँदै मुख्यमन्त्री पाण्डेले यो सरकार अब नयाँ ढंगबाट जनहितका काम गर्न दत्तचित्तले लागिपरेको र त्यसका लागि न्यूनतम साझा कार्यक्रमसमेत तय गरिएको बताए।
अझै पनि देशले आर्थिक–सामाजिक क्षेत्रमा गति लिन नसकेको, सामाजिक सुधार पनि राम्रोसँग गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै उनले राजनीतिकर्मीले भोट नपाइएला कि भन्ने डरले सही कुरा बोल्न डराउन नहुने सुझाव दिए।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, अर्थमन्त्री शालिकराम जम्मकट्टेल, वन तथा वातावरणमन्त्री विशाल खड्कालगायत विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी र सञ्चारकर्मीको उपस्थिति रहेको सो कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रजातन्त्र लेखिएको ब्यानर उडाएर प्रजातन्त्रको स्थापनामा योगदान पुर्याउने सबैप्रति सम्मान व्यक्त गरेका थिए। रासस
उपलब्धिको रक्षा गर्न सबैको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे
सुझावित समाचार
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…
मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चारजना पक्राउ
काठमाडौं- मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित चारजनालाई प्रहरीले पक्राउ गर…
भारत भ्रमणबाट फर्किए गृहमन्त्री गुरुङ
काठमाडौं/ गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणबाट फर्किएका छन्। बिमस्टेकका गृहमन्त्रीहरूको बैठकमा भाग लिन उनी सोमबार नयाँ दिल्ली गएक…
१२ वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाशअघि स्वतः एक तह बढुवाको प्रस्ताव
काठमाडौं/ जिल्ला र उच्च अदालतमा १२ वर्ष अवधि पुगी अवकाशमा जान लागेका न्यायाधीशलाई स्वतः एक तह बढुवा दिएर मात्र अवकाश दिनेबारे…
मादकपदार्थ सेवन गरी सवारी चलाउने नौचालक पक्राउ
काठमाडौं/ मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने नौचालक पक्राउ परेका छन् । २५ असोजदेखि २७ असोजसम्म उपत्यका…
भूमिसम्बन्धी अध्यादेशः सुकमवासीलाई जग्गा वितरणको कानुनी अड्चन हट्यो
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले गत साता यससम्बन्धी अध्यादेश राष्ट्रपति कार्…