ज्यानमुद्दाका प्रतिवादी ३७ वर्षपछि पक्राउ

बुधबार, ४ फागुन, २०७८
डिजिटल संस्करण

प्रहरीले कर्तव्य ज्यानमुद्दाका एक प्रतिवादीलाई ३७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्ने ललितपुर गोदावरी नगरपालिका– १०, सल्यानगाउँका ५६ वर्षीय सुनबहादुर तामाङ रहेका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) बाट खटिएको प्रहरी टोलले तामाङलाई बुधबार गाउँबाटै पक्राउ गरेको हो । उनीविरुद्धको ज्यानमुद्दा ललितपुर जिल्ला अदालतले ५ जेठ ०४४ मा मुल्तबी राख्ने आदेश गरेको थियो । त्यसयता उनी फरार थिए । उनीविरुद्ध ललितपुर साविक चापागाउँ गाविस–८, सल्यानगाउँका घटेरो कान्छो भनिने गणेशबहादुर नगरकोटीलाई कुटपिट गरी हत्या गरेको अभियोग छ ।

पक्राउ परेका अभियुक्त तामाङलाई थप कारबाहीका लागि सिआइबीले बुधबार नै जिल्ला अदालत ललितपुरमा पेस गरेको बताएको छ ।

सुझावित समाचार