गोरखामा बन्दकर्ताले बनाए जेब्राक्रस

बुधबार, ४ फागुन, २०७८
डिजिटल संस्करण

बन्दकर्ताले गोरखामा रचनात्मक काम गरेका छन्। बुधबार विप्वल नेतृत्वको नेकपाले गोरखा बजारका दुईवटा चोकमा जेब्राक्रस निर्माण गरेर सिर्जनशीलता देखाएका हुन्।

पार्टीका जिल्ला सेक्रेटरी कपिल भट्टलगायतले जिविस चोक र हरमटारी चोकमा जेब्राक्रस निर्माण गरेका छन्। आज गाडी नचल्ने दिन यात्रुलाई समस्या नहुने मौका पारेर जेब्राक्रस निर्माण गरिएको भट्टले जानकारी दिए।

सुझावित समाचार