पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिकाको पाखापानीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा१ख १२८६ नम्बरको टिपरले मंगलबार बिहान एक साइकलयात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिकाका अन्दाजी ४० वर्षीया डिला पौडेल रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिइसकेको भए पनि चालक भने फरार रहेकाे प्रहरीले जनाएको छ। रासस