प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेल्यो : विष्णु रिजाल

आइतबार, १ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत रिजालले महाभियोग दर्ता भएसँगै न्यायालय कब्जा गरी आफूअनुकूलका फैसला गराउने प्रपञ्च प्रस्ट भएको बताएका छन्।

स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको भन्दै उनले सत्तापक्षले सुरु गरेको महाभियोगको सिलसिलाको असर छिट्टै देखापर्ने टिप्पणी गरेका छन्।

‘प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ। यसबाट न्यायालय कब्जा गरी आफूअनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ। स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ। प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ। सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखापर्नेछ,’ रिजालले लेखेका छन्।

सुझावित समाचार