सर्लाहीको बागमती नगरपालिकामा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ। शनिबार बिहान बागमती–२ धरहरामा घर बनाउने काम गर्दै गर्दा एक मजदुरको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
घरको छत ढलानको लागि फलामे डन्डी मिलाउने क्रममा करेन्ट लागेर बागमती–८ शंंकरपुरनिवासी अन्दाजी २५ वर्षका रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो। करेन्ट लागेर गम्भीर भएका महतोलाई उपचारका लागि हरिवनस्थित नमुनाि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।
मृतकको शव परिक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।