लागुऔषधसहित पाँच पक्राउ

बिहिबार, २७ माघ, २०७८
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका– ११ पिपिराचोकबाट तीनजनालाई र वीरेन्द्रनगर नगरपालिका– ९ शान्ति टोलबाट दुईजनालाई पक्राउ गरेको हो । बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । 
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ११ बस्ने २२ वर्षीया गौरव सुनार, सोही ठाउँका ४६ वर्षीया लीलाराम पुरी र सोही ठाउँका २४ वर्षीया महेश सुनार रहेका छन् । उनीहरूबाट प्लास्टिकसहित तीन सय मिलिग्राम र प्लास्टिकबाहेक शुद्ध  दुई सय मिलिग्राम लागुऔषध ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

त्यस्तै, सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ९ शान्ति टोलबाट कर्णाली प्रदेश लागुऔषध नियन्त्रण ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सोही ठाउँका २५ अजयसिंह चौधरी र २५ वर्षीय राजु गाइनलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । उनीहरूबाट प्लास्टिकसहित तीन सय ७० मिलिग्राम र प्लास्टिकबाहेक शुद्ध एक सय ६० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको  हिरासतमा राखी  अनुसन्धान कार्य  भइरहेको प्रहरी जनाएको छ ।

See More On

सुझावित समाचार