प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता

बुधबार, २६ माघ, २०७८
डिजिटल संस्करण

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत हैदर शाहबीच जंगीअड्डामा शिष्टाचार भेटवार्ता भएको छ । शर्माको कार्यालयमा भएको भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
 

सुझावित समाचार