एनआइबिएलले ल्यायो २० वर्षमा ६ गुणा हुने मुद्दती खाता

सोमबार, २४ माघ, २०७८
डिजिटल संस्करण

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६औँ वार्षिकोत्सवको अवसर पारेर नयाँ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न सुविधाहरू थपेर ‘एनआइबिएल गज्जब ६ मुद्दती खाता’ सञ्चालनमा ल्याएको हो । 

यो खातामा रहेको निक्षेप रकम २० वर्ष ६ गुणा हुने जनाइएको छ । जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने यो खाता न्यूनतम १० हजार रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ ।

यसमा निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिनुका साथै साँवा तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । भविष्यमा आफ्ना ग्राहकलाई आइपर्ने आर्थिक व्यय भार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी सिद्ध हुने बैंकले विश्वास व्यक्त गरेको छ । 

सुझावित समाचार