प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बिर्तामोड नगरपालिकाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिर्तामोड नगरपालिका– ५ का २४ वर्षीय सुनील लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लिम्बूको साथबाट ब्राउनसुगर जस्तै देखिने २९ ग्राम खैरो पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । साथै थप अनुसन्धानका लागि झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।