धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ। सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ।
सत्तारुढ गठबन्धनको शनिबार साँझ बसेको बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १०५.५५ अंकले वृद्धि भई दुई हजार आठ सय ८५.५३ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.८१ अंकले बढेर ५३८.५३ मा पुगेको छ। नेप्सेमा उच्चा अंकको वृद्धि भए पनि कारोबार रकम खासै वृद्धि भएको छैन।
कुल दुई सय ३१ कम्पनीको एक करोड २१ लाख ५५ हजार चार सय ३२ कित्ता सेयर रु. ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ हजार मूल्यमा कारोबार भएको छ। नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सेयर उकालो लागेको छ। बैंकिङ ४६.९९, व्यापार १४६.३३, होटेल तथा पर्यटन १४१.४८, विकास बैंक ३१८.२२, जलविद्युत् १८२.९, वित्त १५२, निर्जीवन बिमा ४३१.६१, उत्पादन १९७.७५, अन्य ८३.६९, लघुवित्त १७३.४६, जीवन बिमा ५४८.०६, सामूहिक लगानी कोष ०.२८ र लगानी ५.६९ अंकले उकालो लागेको छ।
आजको कारोबारपछि बजार पुँजीकरण रु. ४० खर्ब ७७ अर्ब ७९ करोड ४६ लाख ५३ हजार ६ सयबराबर पुगेको छ। कारोबारका आधारमा अपी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु. २६ करोड १५ लाख ६१ हजार एक सय ३४ बराबरको कारोबार भयो । यस्तै, दूरसञ्चार कम्पनी रु. २३ करोड ६२ लाख नौ हजार तीन सय आठ, एचआइडिसिएल रु. २३ करोड तीन लाख ९८ हजार तीन सय ७६, अरुण भ्याली हाइड्रोपावर रु. २१ करोड ९६ लाख ३६ हजार पाँच सय एक र माथिल्लो तामाकोसी रु. १४ करोड ११ लाख ७० हजार तीन सय ४१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।
पाँच कम्पनीको सेयरमा सर्किट
नेप्सेका अनुसार आज विभिन्न पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। ती कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछि सकारात्मक सर्किट लागेको हो। त्यसमा बिन नेपाल लघुवित्त, लिबर्टी इनर्जी, शिव श्री हाइड्रोपावर, नेपाल पूर्वाधार बैंक, बुद्ध भूमि नेपाल हाइड्रोपावर रहेका छन्। यस्तै, अरुण भ्याली हाइड्रोपावर ९.०२, हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ८.८५ प्रतिशतले कमाए। त्यस्तै, मञ्जुश्री फाइनान्सको ऋणपत्र ३.२३, एनआइसी एसिया सेलेक्ट फन्ड २.२३, मेगा म्युचुअल फन्ड एक १.९३, सानिमा लार्ज क्याप फन्ड १.९० र एनआइबिएल समृद्धि फन्ड दोस्रोका लगानीकर्ताले १.३६ प्रतिशतले गुमाएका छन्। रासस
नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको सेयरमा सर्किट
सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव
३ हप्ता अघि
चाडपर्वलक्षित सामान तातोपानीबाट ल्याउने तयारी
३ हप्ता अघि
अब बुढीगण्डकी जलविद्युत् आयोजना प्राधिकरण मोडलमा
१ हप्ता अघि
सुझावित समाचार
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम साढे आठ अर्बमाथि
काठमाडाैं । बिहीबार पनि सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ३१.५४ अंकले बढेर दुई हजार ६ सय ९५.६० विन्दुमा का…
सल्यानमा पहिलोपटक केसर खेती सुरु
सल्यान । सल्यानमा पहिलोपटक केसर खेती सुरु गरिएको छ। कुमाख गाउँपालिका– ३, चिनालीका किसान शेरबहादुर पुनले केसर खेती स…
एनएमबि बैंक र भिजाबिच ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग ‘भिजा डाइरेक्ट टु एका…
स्थापनाको ३०औँ वर्षमा आर्य फार्मा ल्याब एनपिएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग तीनवर्षे सहकार्य
काठमाडौं । स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्मा ल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपिए…
जलाशययुक्त आयोजनामा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पानको आग्रह
काठमाडौं/ नेपालमा जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि सहकार्य गर्न क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई स्वतन्त्र ऊर्जा उत्पादक…
युएन एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलन
जलवायु विपत् पूर्वतयारी गर्न नेपालले राख्यो तीन प्रस्ताव