महाकालीबाट जीवितै उद्धार गरिएका युवकको उपचारका क्रममा मृत्यु

शुक्रबार, १४ माघ, २०७८
डिजिटल संस्करण

सदरमुकाम खलंगास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ। नुहाउनका लागि महाकालीमा गएका व्यास गाउँपालिका– ४ का २१ वर्षीय सुवास कुँवरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार महाकालीबाट जीवितै उद्धार गरिएका उनलाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको हो। महाकालीमा बगेपछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको उद्धार गरेको थियो।

मृतक कुँवर महाकाली नगरपालिका– ४ मा कोठा भाडामा लिएर बस्दै आएका थिए। कम्प्युटर सिक्नका लागि उनी व्यासबाट खलंगा आएका प्रहरीले जनाएको छ।

सुझावित समाचार