सर्लाही हरिवनका मेयर र उपमेयर चढेको गाडी तोडफोड, मेयर घाइते

बुधबार, १२ माघ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जनकपुर पुगेका सर्लाही हरिवन नगरपालिकाका मेयर चढेको गाडी जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन् ।  बुधबार मेयर गणेशप्रसाद प्रसाईं र उपमेयर रेनुका पौडेल चढेको प्रदेश–२०३००१झ ००२० नम्बरको गाडीमा तोडफोड हुँदा मेयर प्रसाईं घाइते भएका छन् ।

उनलाई  प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ ।  तोडफोडका कारण गाडीको पछाडिको सिसा फुटेको छ । 

See More On

सुझावित समाचार