पत्रकार विश्वकर्माको निधन

शुक्रबार, ७ माघ, २०७८
डिजिटल संस्करण

टिभी टुडेमा कार्यरत २४ वर्षीय पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । श्वासप्रश्वासमा अकस्मात् समस्या भएपछि बुधबारदेखि अस्पतालमा उपचाररत उनको बिहीबार बिहान पाटन अस्पतालमा मृत्यु भएको हो । 

बुधबार दिनभर पेप्सीकोलास्थित कोठामै बसेर साथीभाइसँग फोन र सामाजिक सञ्जालमार्फत सम्पर्कमा रहेका विश्वकर्मालाई राति १० बजेतिर श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनीसँगै रहेका दुई भाइले तत्कालै बानेश्वरस्थित सिभिल अस्पताल पु¥याएका थिए । साढे १० बजे भर्ना गरिएका उनलाई सामान्य उपचारपछि सिभिलका चिकित्सकले आइसियूमा राख्नुपर्ने भन्दै पाटन अस्पताल लैजान रिफर गरेका थिए । उनलाई राति नै पाटन अस्पताल पुर्याइएको थियो । 

विश्वकर्मा चार वर्षदेखि पत्रकारिकतामा संलग्न थिए । उनी टिभी टुडेमा कार्यक्रम प्रस्तोता र वरिष्ठ संवाददाताका रूपमा कार्यरत थिए । सहकर्मी नरेश न्यौपानेका अनुसार उनी १५ दिनदेखि बिरामी भएर घरमै स्वास्थ्य लाभ गर्दै थिए । ‘निरन्तर रुघाखोकी लागेपछि कोरोनाको आशंकामा परीक्षणसमेत गरेको र बुधबार दिउँसो नतिजा नेगेटिभ आयो भनेर मलगायत धेरै साथीलाई खबर गरेका थिए,’ न्यौपानेले भने । विश्वकर्मा पत्रकार महासंघ काठमाडौं शाखाका साधारण सदस्यसमेत थिए ।

परिवारको जेठो छोरा विश्वकर्माले दुई भाइलाई आफूसँगै राखेर पढाइरहेका थिए । अछाम रामरोशन गाउँपालिका– ५ स्थायी घर भएका उनका श्रीमती र तीन वर्षका छोरा छन् । उनका आमाबुबा भने भारतमा बस्दै आएका छन् ।
 

सुझावित समाचार