किसान विधेयक जारी गराउन जनमत पार्टीको किसान र्‍याली (फोटोफिचर)

शुक्रबार, ३० पुष, २०७८
डिजिटल संस्करण

जनमत पार्टीले सिराहामा किसान र्‍यालीको आयोजना गरेको छ । किसानको हकहितका लागि ११ सूत्रीय माग पूरा गर्न किसान विधेयक ल्याउनुपर्ने तड्कारो आवश्यकता रहेको आन्दोलनकारीको माग छ ।

र्‍यालीलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जारी किसान आन्दोलनको माग पूरा गर्न किसान विधेयक ल्याउनुको विकल्प नभएको बताए । मलखाद्य र बिउबिजन माग्ने किसानमाथि सरकारले गोली चलाएको भन्दै सरकारी रबैया किसान विरोधी भएको बताए । 

उनले  स्थानीय सरकारका प्रमुखहरूलाई महाभारतको जरासंधको संज्ञा दिएका छन् । स्थानीय सरकार महाभारतको जरासंध भएकोले बलराम जस्तै हलो उचालेर जरासंध जस्तो प्रवृृतिको अन्त गर्नुपर्ने डा. राउतले बताएका छन् । ‘जरासंधलाई बलरामले हलो उठाएर अन्त गर्‍यो,’ उनले भने,‘स्थानीय सरकारमा मौलाएको जरासंध प्रवृत्ति  किसानले आफ्नो शक्ति देखाएर अन्त गर्नुपर्छ ।’

सुझावित समाचार