संखुवासभाको सभापोखरी गाउँपालिका– ३ मा करेन्ट लागेर ओभरसियरको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय अनिलकुमार ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार शुक्रबार सभापोखरी गाउँपालिका– ३ मा निर्माणधीन स्वास्थ्य चौकी भवनको नजिकै रहेको ११ केभीको ट्रान्समिसनको लाइन छुँदा करेन्ट लागेपछि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा ठाकुरको बाटोमै मृत्यु भएकोे हो ।
उक्त स्वास्थ्य चौकीको भवनमा जयधनञ्जय–रिमा गौरी जेभी निर्माण कम्पनीले काम गरिरहेको छ । दुई करोडको लागतमा भवन निर्माण भइरहेको छ । उक्त भवनमा निर्माण कम्पनीले प्राइभेट प्राविधिकको रूपमा ठाकुरलाई नियुक्त गरेका थिए । पुरानो घर सप्तरी भए पनि हाल ललितपुर नगरपालिका गोदावारी बस्दै आएको परिवारबाट खुलेको प्रहरीले जनाएको छ । उनको शव जिल्ला अस्पतालमा राखिएको छ । आफन्तहरू शुक्रबार आउने जानकारी पाएको र आएपछि मात्रै शव परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
संखुवासभामा करेन्ट लागेर ओभरसियरको मृत्यु
सुझावित समाचार
विविधताबिचको एकता नेपालको मौलिक पहिचान र राष्ट्रिय शक्ति : मुख्यमन्त्री थापामगर
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताब…
थाई गाँजासहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ
काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले साढे तीन किलोग्राम अवैध लागुऔषध थाई गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। …
छठ पर्वले सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा मिलोस् : प्रधानमन्त्री
छठ पर्वको अवसरमा प्रधानमन्त्रीकाे शुभकामना सन्देश
पेट्रोल छर्केर आगो लगाइएका दाङका रूपलाल चौधरीको उपचारका क्रममा मृत्यु
दाङ । पेट्रोल छर्केर आगो लगाइएका दाङ राजपुर गाउँपालिका– २ का ४९ वर्षीय रूपलाल चौधरीको मृत्यु भएकाे छ । नेपालगन्जस्…
अदालतप्रति देउवाको आशा
कांग्रेसको आधिकारिकता आफ्नो समूहले पाउने दाबी काठमाडौं/ कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाले …
भोट बदल्नेलाई कारबाही गर्ने ओलीको चेतावनी
काठमाडौं/ एमाले अध्यक्ष केपी ओलीले पार्टीको जिम्मेवारीमा बसेर भोट बदल्ने नेता–कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दि…