राजमार्ग बन्द गर्न खोज्ने सिके राउतका कार्यकर्ता पक्राउ

शुक्रबार, १६ पुष, २०७८
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्ग बन्द गर्न आएका सिके राउतको जनमत पार्टीका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। जनमत पार्टीका कार्यकर्ताले दिउँसो चन्द्रनिगाहपुरमा राजमार्ग बन्द गर्ने प्रयास गरेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको डिएसपी लीलाराज लामिछानेले जानकारी दिए। राउत नेतृत्वको पार्टीले पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालीन बन्दको आह्वान गरेर अवरोध गर्ने प्रयास गरिरहेको छ।

सुझावित समाचार