एमाले र कांग्रेसपछि माओवादीको महाधिवेशनमा पनि शिक्षक–प्राध्यापक प्रतिनिधिका रूपमा सहभागी भएका छन् । सरकारी सेवासुविधा लिएका शिक्षकलाई महाधिवेशन प्रतिनिधि बनाउनु कानुनविपरीत हो । शिक्षकले पार्टीको राजनीति गर्दा पेसा नै आलोचित छ ।
काठमाडौंमा जारी माओवादी केन्द्रको महाधिवेशनमा निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकरबहादुर अधिकारी प्रतिनिधि बनेका छन् । शिक्षक संगठनको अध्यक्ष भए पनि अधिकारीले पार्टी संगठनको जिम्मेवारीसमेत लिएका छन् । उनी माओवादीको उपत्यका विशेष प्रदेश कमिटीका कोषाध्यक्ष हुन् । अधिकारी युद्धकालका विस्थापित शिक्षक हुन् । पार्टीले शिक्षक प्रतिनिधिको सूची गोप्य राख्ने प्रयास गरेका छन् ।
त्यसैगरी, बहालवाला शिक्षक झपेन्द्र क्षेत्री, ऋषि काफ्लेसहित दर्जनौँ शिक्षक प्रतिनिधि आएको शिक्षकहरूले बताएका छन् । त्यसैगरी, त्रिभुवन, पोखरा विश्वविद्यलयका स्थायी शिक्षकसमेत महाधिवेशनमा सहभागी भएका छन् । त्रिविका प्रा.डा. राजनप्रसाद पोखरेल, प्रा.डा. सूर्यबहादुर थापा, प्रा.डा. अर्जुन बास्तोला, डा. जगतकृष्ण श्रेष्ठ, डा. हरिराम पराजुली महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका छन् । त्यसैगरी, पोखरा विश्वविद्यालयका डा. खेमराज जोशी पनि महाधिवेशनमा सहभागी छन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले सरकारी सेवासुविधा लिएका बहालवाला शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण गर्नसमेत बन्देज गरेको छ । यसविपरीत एमाले तथा कांग्रेसले अधिवेशनमा प्रतिनिधि छनोट गरेका थिए । अहिले माओवादी केन्द्रले पनि शिक्षक प्रतिनिधिका रूपमा भिœयाएको छ ।
सबैभन्दा धेरै शिक्षक कांग्रेसको केन्द्रीय र प्रदेश महाधिवेशनमा प्रतिनिधि थिए । कतिपय शिक्षक कांग्रेस क्षेत्रीय प्रतिनिधि छन् । शिक्षकहरू नगर सभापति, सचिव तथा सदस्य, क्षेत्रीय सदस्यसमेत भएका छन् । निर्वाचित कतिपय शिक्षकले राजीनामासमेत दिएका छन् ।
एमालेको चितवन महाधिवेशनमा प्रतिनिधिका एक दर्जनभन्दा बढी शिक्षक महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका थिए । एमाले दशौँ महाधिवेशनमा समेत शिक्षकहरू केन्द्रीय प्रतिनिधिका रूपमा सहभागी थिए । भर्खरै सम्पन्न राप्रपा अधिवेशनमा भने शिक्षक प्रतिनिधि नल्याएको नेता मोहन श्रेष्ठले दाबी गरे ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले पार्टीका प्रतिनिधि भएर आएका शिक्षकका विषयमा केही उजुरीसमेत परेको र यसमा सम्बन्धित विद्यालय तथा जिल्ला शिक्षा विकास समन्वय एकाइबाट कारबाही प्रक्रिया अघि बढेको बताए । त्रिभुवन विश्वविद्यालयले समेत राजनीतिक गतिविधिमा लागेका शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।
माओवादी महाधिवेशन प्रतिनिधि शिक्षकहरू
- शंकरबहादुर अधिकारी, काठमाडौं
- झपेन्द्रबहादुर क्षेत्री, बाग्लुङ
- ऋषि काफ्ले, चितवन
- प्रा.डा. राजनप्रसाद पोखरेल, त्रिवि
- प्रा.डा. सूर्यबहादुर थापा, त्रिवि
- प्रा.डा. अर्जुन बास्तोला, त्रिवि
- डा. जगतकृष्ण श्रेष्ठ, त्रिवि
- डा. हरिराम पराजुली, त्रिवि
- डा. खेमराज जोशी, पोखरा विश्वविद्यालय
कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरू
- युवराज बस्नेत, ताप्लेजुङ
- शिला इजम, ताप्लेजुङ
- रीता सेनेहाङ, ताप्लेजुङ
- वीरेन्द्रकुमार खड्का, पाँचथर
- गोपाल पोखरेल, पाँचथर
- आशा आङ्देम्बे, पाँचथर
- उद्धव पौडेल, इलाम
- हरिप्रसाद लुइँटेल, इलाम
- पूर्णप्रसाद गौतम, इलाम
- तेजप्रसाद चौलागाईं, झापा
- शान्ता निरौला, झापा
- थिरेन्द्रबहादुर लिम्बु, धनकुटा
- गंगाराम ढुंगाना, धनकुटा
- मात्रिका न्यौपाने, मोरङ
- अंशु ठाकुर, मोरङ
- थिरबहादुर राई, संखुवासभा
- चन्द्रकुमार घुन्डे, संखुवासभा
- बद्रीनारायण चौधरी, सुनसरी
- टेकनारायण कार्की, तेह्रथुम
- तिलक कटुवाल, उदयपुर
- सीता स्माइली मगर, उदयपुर
- सरस्वती ढुंगाना, उदयपुर
- तस्बिरा तामाङ, उदयपुर
- निलमकुमारी यादव, सप्तरी
- निर्मलाकुमारी यादव, सप्तरी
- राजदेव मण्डल, सिराहा
- मेघनाथ यादव, धनुषा
- रामकृपालप्रसाद यादव, रौतहट
- राममंगलप्रसाद यादव, रौतहट
- ओमप्रकाश महतो, रौतहट
- देवेन्द्र गिरी, बारा
- प्रेमप्रसाद भट्टराई, सिन्धुली
- रमेशप्रसाद गौतम, सिन्धुली
- नृप भुजेल, सिन्धुली
- अरुणकुमार थिङ, सिन्धुली
- यशोदा कोइराला, सिन्धुली
- सम्झना भोलन, सिन्धुली
- सुशीला थिङ, सिन्धुली
- गीता सिवाकोटी, दोलखा
- सिर्जना सुवेदी, दोलखा
- सिर्जना अधिकारी, काठमाडौं
- मनमैयाँ गिरी, काठमाडौं
- तारा बुढाथोकी, काठमाडौं
- रुक्मणी गिरी, काठमाडौं
- सुदर्शन घिमिरे, ललितपुर
- रञ्जना कक्षपति, भक्तपुर
- देवी बुर्लाकोटी, धादिङ
- शुभलक्ष्मी मानन्धर, काभ्रेपलाञ्चोक
- सबिता गुरुङ, सिन्धुपाल्चोक
- शर्मिता घिमिरे, सिन्धुपाल्चोक
- शिरोमणि लामिछाने, कास्की
- किशोरदत्त बराल, कास्की
- कुलदेवी बराल, कास्की
- चिनु पोखरेल, तनहुँ
- नारायणी अधिकारी, तनहुँ
- लक्ष्मी रेग्मी, स्याङ्जा
- भरतप्रसाद लम्साल, स्याङ्जा
- यज्ञप्रसाद घले, मनाङ
- कुलप्रसाद उपाध्याय, पर्वत
- वसन्तबहादुर सिके, पर्वत
- उमाकान्त पौडेल, बाग्लुङ
- सागर खरेल, बाग्लुङ
- बेमकुमारी थापा, बाग्लुङ
- नारायण शर्मा पौडेल, बाग्लुङ
- विष्णु पाण्डे, नवलपरासी
- चन्दबहादुर राना, नवलपरासी
- बालकृष्ण घिमिरे, नवलपरासी
- दीपक विक, लमजुङ
- नुरमोहम्मद मियाँ, लमजुङ
- राजु गुरुङ, लमजुङ
- दुर्गा न्यौपाने, कपिलवस्तु
- तनुश्री भण्डारी, कपिलवस्तु
- गोपाल भण्डारी, कपिलवस्तु
- धनकला भण्डारी, गुल्मी
- प्रेमनारायण भण्डारी, गुल्मी
- हिमकला राना, गुल्मी
- हिरासिंह सराङकोटी, गुल्मी
- रामबहादुर विक, गुल्मी
- मीना राना, गुल्मी
- मानबहादुर राहडी, गुल्मी
- कौरव खत्री, गुल्मी
- कुलप्रसाद लामिछाने, रुपन्देही
- नन्दराम भट्टराई, अर्घाखाँची
- सावित्रा अधिकारी, प्युठान
- सुशीला सुवेदी, दाङ
- कल्याणकुमार विक, रुकुम पूर्व
- पवनकुमार यादव, बाँके
- ज्ञानेन्द्र रावल, बर्दिया
- देवकीनन्दन त्रिपाठी, बर्दिया
- लक्ष्मण कार्की, डोल्पा
- हिमाली शाह, डोल्पा
- मधु बस्नेत शाही, हुम्ला
- जुनराज हमाल, हुम्ला
- तीर्थजंग शाही, सुर्खेत
- झकबहादुर डाँगी, सुर्खेत
- मैना विक, सुर्खेत
- अरुणा महत, दैलेख
- भीमकुमारी भण्डारी, दैलेख
- इलम शाही, जाजरकोट
- पदमराज अधिकारी, अछाम
- वसन्ती विष्ट, अछाम
- मीरा खड्का, अछाम
- दुर्गा विक., अछाम
- शान्ति गिरी, बझाङ
- हरीशचन्द्र राना, कञ्चनपुर
एमाले महाधिवेशन प्रतिनिधि शिक्षक
- धर्मसिंह विश्वकर्मा, डोटी
- कृष्णकुमार खड्का, धनकुटा
- भागरथी धामी, धनकुटा
- सुभद्रा बन्जारा, पर्सा
- नन्दराम देवकोटा
आयोगको निर्देशनसमेत टेरेनन्
निर्वाचन आयोगले गत ८ मंसिरमा दर्ता कायम रहेका सबै दललाई राजनीतिक दलसम्बन्धी ऐनअनुसार बहालवाला प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई सदस्यता वितरण नगर्न/नगराउन निर्देशन दिएको थियो । तर, ठूला दलहरूले नै आयोगको निर्देशन अटेर गरी सदस्यता वितरण मात्र होइन, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि तथा विभिन्न कमिटीमा राखेका छन् ।
केही राजीनामा दिने पनि छन्
दलका अधिवेशन सुरु भएसँगै राजीनामा दिने क्रम पनि बढेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार विगतमा भन्दा तीन महिनायता शिक्षकको राजीनामा दिने क्रम बढेको छ । अहिले प्रतिमहिना साढे तीन सयको हाराहारीले राष्ट्रिय किताबखाना (शिक्षक)मा राजीनामा दिएको पाइएको उनले बताए । राजनीतिक गतिविधिमा संलग्न हुनेहरूले समेत राजीनामा दिएको हुन सक्ने उनको भनाइ छ । कांग्रेसको महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार प्रमोदहरि गुरागाईंले त्रिविको उपप्राध्यापकबाट राजीनामा दिएका छन् ।