बन्दसत्रमा प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस

सोमबार, १२ पुष, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका छन्। राजधानीको प्रज्ञा प्रतिष्ठानमा जारी बन्दसत्रमा प्रचण्डले वैचारिक तथा राजनीतिक दस्ताबेज पेस गरेका हुन्। ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नाम दिएर प्रतिवेदन तयार पारिएको छ। उनको प्रतिवेशनमा विगतदेखि वर्तमानसम्म पार्टीको समीक्षा गरिएको छ। बदलिँदो समयमा सूचना प्रविधिको विकासदेखि जलवायु परिवर्तनका विषयसमेत दस्ताबेजमा समावेश रहेको छ।

सुझावित समाचार