कास्की प्रहरीले पोखराबाट लागुऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ। रुकुम भुमे गाउँपालिका– २ घर भई हाल कास्की पोखरा महानगरपालिका– ३२ सातमुहाने बस्ने ५६ वर्षे कुमारी बुढामगर र पोखरा– ३२ खुदिखोला बस्ने १९ वर्षे विकास थापा पक्राउ परेका हुन्।
उनीहरूको साथबाट प्रहरीले एक किलो दुई सय ३० ग्राम चरेस बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार पोखरा– ३२ सातमुहाने क्षेत्रमा चरेसको कारोबार भइरहेको सूचनाको आधारमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका दुवैलाई लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको उनले बताए।