नेपाली मार्केटिङ एसोसिएसन स्थापना

शुक्रबार, ९ पुष, २०७८
डिजिटल संस्करण

बजारीकरणमा रहेका व्यक्तिहरूको संगठन स्थापना भएको छ । नेपाल मार्केटिङ एसोसिएसन (एनएमए)को नाममा गैरनाफामूलक संस्थाका रूपमा संगठन स्थापना भएको हो । 

संगठनको अध्यक्षमा कान्तिपुर मिडिया ग्रुपका महेश स्वाँर, महासिचवमा त्रिविका सहप्राध्यापक डा. गोपाल थापा, सचिवमा सहप्राध्यापक सुशील अवाले र कोषाध्यक्षमा गोल्छा ग्रुपका मार्केटिङ असिस्टेन्ट जनरल म्यानेजर मुनम सिंह रहेको जनाइएको छ । बोर्डका सदस्यहरूमा अभय गोर्खाली, सुमन शाक्य, सिर्जना जोशी महर्जन, सत्यन्द्र उप्रेती र सुरेन्द्र थापा रहेका छन् । 

संस्था स्थापनाको उद्देश्य देशभर रहेको बजारीकरण पेसेवरको एउटै आवाज सिर्जनामार्फत उत्कृष्ट कार्य गर्नु रहेको जनाइएको छ । प्रारम्भिक रूपमा यो संघ बजारीकरण पेसेवर र शिक्षाविद्हरूद्वारा गठन गरिएको हो । कार्यक्रममा डा. तुल्सी धरेललाई संस्था गठनमा महŒवपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मानित सदस्यका रूपमा अभिनन्दन गरेको जनाइएको छ । त्यस्तै, डा. बगला बस्नेत, रवीन्द्रमान श्रेष्ठ र रवि केसीलाई सम्मान प्रदान गरिएको संस्थाले जनाएको छ । 

बजारीकरण पेसेवरहरूलाई उनीहरूको कार्यप्रति सहयोग गर्न उनीहरूको व्यक्तिगत र पेसागत जीवन उत्तम बनाउन र नैतिक मुद्दा र सामान्य बजारीकरण कार्यहरू समावेश गर्न प्रवद्र्धन गर्नका लागि एनएमएले शिक्षामा बढी जोड दिने लक्ष्य राखेको संस्थाले जनाएको छ । एनएमएले सोही कार्यक्रममा ‘लेट्स ब्रान्ड नेपाल’ नामक आफ्नो पहिलो पहलको घोषणा गरेको छ । 

सुझावित समाचार