मानव तस्कर अभियोगमा पक्राउ परेका गुरुङ एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष

शुक्रबार, ९ पुष, २०७८
डिजिटल संस्करण
मानव तस्कर अभियोगमा पक्राउ परेका गुरुङ एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष

युवराज गुरुङ

गुरुङको नेपालमा २० करोडको कृषि फार्म

मानव बेचखिन तथा ओसारपसार मुद्दामा पक्राउ परेको युवराज गुरुङ गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियम च्याप्टरको पहिलो निर्वाचित अध्यक्ष रहेको खुलेको छ । उनी हाल एनआरएनए एग्रकल्चर प्रलोसन कमिटीका पहिलो ग्लोबल कन्भेयर हुन् । आईसिसी एनआरएनएका सल्लाहकार रहेका उनी बेल्जियम नेपाल चेम्बर अफ कमर्सका संस्थापक उपाध्यक्ष हुन् ।   

मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई २३ मंसिरमा सानेपाबाट पक्राउ गरेका थियो । ब्युरोका अनुसार उनले बेल्जियम लैजाने प्रलोभनमा काठमाडौंकी कल्पना शर्मा (परिवर्तित नाम) भारतको दिल्ली लगेर अलपत्र परेका थिए । प्रहरीमा दर्ता जाहेरीअनुसार महिना दिनपछि कल्पनासँग रहेको साढे ५० लाख रुपैयाँ लिएर उनी बेल्जियम भागेका थिए । 

मुद्दाको जाहेरीकर्ता पीडित कल्पनाकी श्रीमान् वीरबहादुर शर्माको मृत्यु भएपछि मात्रै नेपाल आउजाउ गर्न थालेका प्रहरीको अनुसन्धानबाट खुलेको छ । मानव बेचबिखन ब्युरोका प्रवक्ता शारदाप्रसाद चौधरीले घटना सम्बन्धमा गम्भीर तवरले अनुसन्धान भइरहेको बताए । ‘मानव बेचबिखनको अभियोगमा युवराज गुरुङ पक्राउ परेका छन् । उनको सम्बन्धमा विविध कोणबाट सूचना आएका छन् । प्रहरीले गम्भीर ढंगले अनुसन्धान गरिहेको छ । यस सम्बन्धमा सत्यतथ्य खुल्दै जानेछन्,’ उनले भने ।

प्रहरी स्रोतका अनुसार गुरुङ विश्वभर हुने सबैखालका एनआरएनए भेलामा सकेसम्म सहभागी हुन्छन् । भेटे जतिलाई कृषि व्यवसायमा लगानी गर्न उत्प्रेरित गर्छन् । यस क्रममा उनले अफ्रिकादेखि अमेरिकामा रहेका दुईभन्दा धेरै गैरआवासीय नेपालीसँग प्रतिव्यक्ति पाँच लाखका दरले रकम उठाउँदै आएको प्रहरी स्रोतको दाबी छ । 

‘एनआरएनए युरोप शाखाका सल्लाहकार गुरुङ भए जति सबै भेलामा सहभागी भई सबैलाई कृषिमा लगानी गर्न उत्प्रेरित गर्छ । यसक्रममा उसले १० करोड रुपैयाँभन्दा धेरै रकम उठाएको छ । सम्वन्धित देशका एनआरएनएलाई सोध्दा सबैले यो तथ्य बताउँछन्,’ प्रहरी स्रोतले भन्यो ।

प्रहरीका अनुसार एनआरएनएबाट उठाएको रकमबाट उनले सानेपामा मुन्ना कृषि लिमिटेड खोलेका छन् । लिमिटेडको सेयर नेपाली र विभिन्न मुलुकका एनआरएनएलाई वितरण गरेका छन् । करिब २० करोड रुपैयाँको लगानीमा उनले कृषि फार्म खोलेको स्रोतको भनाइ छ । हाल उनी कृषि फार्मका अध्यक्ष हुन् । 

‘युवराज गुरुङ पक्राउ परेको साँचो हो । उहाँ बेल्जियम एनआरएनएको निर्वाचित अध्यक्ष हो भन्ने सुनेकी छु । उहाँले सेयर उठाउनु भएको हो । सेयर कम्पनीले उठाउँछ । कम्पनीको लगानी २० करोड होइन । चुक्ता पुँजी २० करोडको हो । हामीले अहिले एक सय ५४ जनाबाट चार करोड मात्रै उठाउन सकेका छौं,’ मुन्ना कृषि लिमिटेडकी चिफ म्यानेजर सीता पाण्डेले भनिन् ।

सुझावित समाचार