प्रतिनिधिसभाबाट दुई अध्यादेश स्वीकृत

मंगलबार, ६ पुष, २०७८
डिजिटल संस्करण
प्रतिनिधिसभाबाट दुई अध्यादेश स्वीकृत

फाइल फोटो ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले केही ऐन संशोधन गर्ने दुई अध्यादेश स्वीकृत गरेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को निरन्तरको अवरोधबीच प्रतिनिधिसभाले दुई अध्यादेश स्वीकृत गरेको हो।

कानुन, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्र बडूले पेस गरेका यौन हिंसाविरुद्धका केही ऐन संशाेधन गर्ने अध्यादेश ०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रतिनिधिसभाबाट पास भएको हो। आज पनि एमाले सांसदहरूले संसद बैठक सुरु हुना साथ नाराबाजी गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक पुस ७ गते बुधबार १ बजे बस्ने गरी स्थगित भएको छ।

सुझावित समाचार