सल्लाहकारको जिम्मेवारी अस्वीकार गर्दै रावल भन्छन्–टीके प्रणाली जबज र लोकतान्त्रिक मान्यताविपरीत

शनिबार, ३ पुष, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका नेता डा. भीम रावलले केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी अस्वीकार गरेका छन्। आफूलाई नसोधी दिएको सो जिम्मेवारी अस्वीकार गर्दै उनले ट्विटरमार्फत टीके प्रणालीको विरोध गरेका छन्।

'मलाई नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने–मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताविपरीत हुन्छ,' रावलले ट्विटरमा लेखेका छन्।

पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि रावल पार्टीमा जिम्मेवारीविहीन भएका थिए।  अध्यक्षकाे उम्मेदवार केन्द्रीय सदस्यमा पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा उनले रुचि नदेखाएपछि उनलाई पार्टीले सल्लाहकारमा राखेको हो। रावलले टीके प्रणालीको विरोध गर्दै सो जिम्मेवारी अस्वीकार गरेका हुन्।

सुझावित समाचार