महासंघको विधान संशोधनको मस्यौदा पेस, प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रस्ताव

शुक्रबार, २ पुष, २०७८
डिजिटल संस्करण
महासंघको विधान संशोधनको मस्यौदा पेस, प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रस्ताव

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिका सभापति कुशकुमार जोशी अध्यक्ष शेखर गोल्छालाई विधान संशोधन मस्यौदा पेस गर्दै ।

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिले बिहीबार अध्यक्ष शेखर गोल्छालाई विधान संशोधन मस्यौदा पेस गरेको छ । गोल्छाले गत वर्ष अध्यक्षको कार्यभार सम्हालेपछि बसेको महासंघको कार्यकारिणी समितिको पहिलो बैठकले पूर्वअध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेको थियो । समितिले ११ महिना लामो गृहकार्य गरेर विधानको मस्यौदा तयार पारेको सभापति जोशीले बताए । 

मस्यौदामा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थालाई परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित अध्यक्षको प्रस्ताव गरिएको छ । अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुने र त्यसपछि हुने अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्नुपर्ने गरी विधान संशोधन गर्न समितिले प्रस्ताव गरेको हो । 

संशोधन मस्यौदामा जिल्लानगरबाट दुईजना उपाध्यक्ष रहने र कार्यसमितिको कार्यकाल तीन वर्षबाट घटाएर दुई वर्ष बनाउनुपर्ने पनि प्रस्ताव गरिएको छ । अहिले जिल्लानगर, वस्तुगत, एसोसिएटबाट एक–एकजना उपाध्यक्ष रहने व्यवस्था छ ।

सुझावित समाचार