कांग्रेस महाधिवेशनमा टाँगिएका प्रचारप्रसार सामग्री हटाइए

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाइएको छ। बुधबार १४औँ महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो। 

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरू हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले बताए। उनले प्रचारप्रसारका लागि टाँगिएका ब्यानरलगायतका सामग्रीहरूको सरसफाक्इ थालिएको बताए। पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र शृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचार सामग्री हस्तान्तरण गरेर सरसफाइ गरिएको हो।

मंसिर २४ गतेबाट सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर २९ गते बुधबारबाट सकिएको छ। अझै सभापतिबाहेकका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मतगणना भने बाँकी छ। 
 

सुझावित समाचार