नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। जारी १४औँ महाधिवेशनमा राष्ट्रिय सभागृह पुगेर कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन्। उनको पक्षबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाललगायतले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्।
कोइराला पक्षबाट सहमहामन्त्रीमा जीवन परियार, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी, विकास लामा, देवराज चालिसे, बद्री पाण्डे र शेख वकिल छन्। सभापतिको प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि शेखरको प्यानललाई नै सहयोग गर्ने तय भएको पौडेलनिकट स्रोतले जनाएको छ।