पूर्वडिआइजी रमेश खरेलले खाेले ‘नेपाल सुशासन पार्टी’

शुक्रबार, २४ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वडिआइजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन्। उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएर पार्टीलाई अघि बढाउने बताए। पूर्वडिआइजी खरेलले देशमा अहिले कुशासन व्यप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए।  

पूर्वडिआइजी खरेलले भने, ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौँ । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएका छौँ । अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ । कुशासनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको हाे । हामी यसरी नयाँ पार्टीको हिसाबले स्थापित हुन बाध्य भयौँ । देशमा समृद्धि भएको छैन। राजनीति गर्नेहरूलाई म राजनीतिक पेसाकर्मी भन्छु । हामी पनि राजनीतिकर्मी हुन्छौँ । मैले सबै साथीहरूलाई भनेको छु, सेवा गर्ने हो मेवा खाने होइन । राजनीतिमा लागेकाहरू पेसाकर्मी भए, मेवा खाए, नागरिकहरूलाई केही वास्ता गरेनन् । हामी तपाईंहरूलाई कहिल्यै पनि धोका दिँदैनौँ ।’

पूर्वडिआइजी खरेलले सेवा गरेर मेवा खाने नभएर सेवा मात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताए। उनले सबै नागरिकको चासो र आवश्यकतालाई ध्यानमा राखेर जनतालाई धोका नदिने गरी काम गर्ने प्रतिबद्धता पनि जनाए। 
 

सुझावित समाचार