बारका पदाधिकारीले बुझाए नेकपा एसका अध्यक्ष नेपाललाई ज्ञापनपत्र

आइतबार, १२ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाल बार एसोसिएसनका पदाधिकारीले  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन ज्ञापनपत्र बुझाएका छन् । 

भेटमा अध्यक्ष नेपालले औपचारिक रूपमा जानकारी पाएको र यस विषयमा पार्टीमा थप छलफल गरेर निष्कर्षमा पुग्ने बताएका नेपाल बारका सचिव लीलामणि पौडेलले जानकारी दिए । नेपालको भनाइ उद्धृत गर्दै सचिव पौडेलले भने, ‘औपचारिक रूपमा जानकारी पाइयो । यसलाई पार्टीमा थप छलफल गरेर निष्कर्षमा पुग्छौँ ।’ 

सुझावित समाचार