सम्पूर्ण रूपमा सहमतिमा महाधिवेशन समापन हुन्छ : एमाले नेता तामाङ

शनिबार, ११ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा एमालका केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टीको दशाैँ महाधिवेशन तोकिएको समयमा नै सम्पूर्ण रूपमा सहमतिका आधारमा सम्पन्न हुने बताएका छन्। पदाधिकारी व्यवस्थापनमा विवाद भएकाले चुनाव हुन सक्ने सम्भावना रहेको समाचारहरू बाहिर आइरहेका वेला तामाङले यस्तो बताएका हुन्।

उनले भने, ‘महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुन्छ । महाधिवेशन सम्पूर्ण रूपमा सहमतिमा १२ गते समापन हुन्छ।'

नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा जारी छ। 

सुझावित समाचार