बन्दबाट जनजीवनमा सामान्य प्रभाव

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण
बन्दबाट जनजीवनमा सामान्य प्रभाव

तस्बिर : दिपेन्द्र ढुंगाना /नयाँ पत्रिका

नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वसाधारणमा कठिनाइ भएको देखिएको छ । औद्योगिक क्षेत्र र व्यापार–व्यवसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ ।

यसैबीच सवारीसाधन जबर्जस्ती बन्द गराउन खोज्ने ८६ जना बन्दकर्तालाई मुलुकका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । भाडाका ठूला सवारीसाधन कम संख्यामा चले पनि निजी र सरकारी सवारीसाधन सञ्चालनमा कुनै प्रभाव देखिएन । 

उक्त समूहले पेट्रोलियम पदार्थलगायत मूल्यवृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको बताएको छ । यसैबीच महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल बन्द कार्यमा संलग्न  ६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । अहिले यातायातका सवारीसाधन सामान्य रूपमा सुचारु भइरहेको र जनजीवन सामान्य रहेको प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए । 

See More On

सुझावित समाचार