नेकपा माओवादी केन्द्रको भर्चुअल केन्द्रीय कमिटी बैठक सुरु भएको छ। स्वास्थ्यका कारण अध्यक्ष प्रचण्ड बैठकमा उपस्थित भएका छैनन्।
अध्यक्षको निर्देशनमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बैठक सञ्चालन गरेका छन्। विधान र अन्य सांगठनिक विषयमा छलफलकेन्द्रित रहने माओवादीले जनाएको छ।