प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले शुक्रबार पनि प्रदर्शन गरेका छन्। शुक्रबार सर्वोच्च अदालतको मूलगेटमा कानुन व्यवसायीहरूले जबराको प्रवेशलाई रोक्दै धर्ना दिएका थिए। वकिलहरूको धर्नाका कारण जबरा अर्को बाटो प्रयोग गरेर सर्वोच्च प्रवेश गरेका थिए। आन्दोलनमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।









