माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

शुक्रबार, २६ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै छ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो । 

बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यक्रम रहेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । पार्टी कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यकाबाहिर रहेका कारण भर्चुअल रूपमा बैठक बस्न लागेको उनले बताए ।  

सदस्यता विस्तार, नवीकरणलगायत सांगठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरूप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै छ ।     

See More On

सुझावित समाचार