नेपाली कांग्रेस काठमाडौंका नेता दामोदर खड्काले पार्टीको काठमाडौं जिल्ला सभापतिमा उम्मेदवारी दिने भएका छन्। नयाँ पत्रिकासँगको कुराकानीमा उनले जिल्ला सभापतिमा उम्मेदवार बन्न लागेको सार्वजनिक गरेका हुन् । उनले आफू सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको प्यानलबाट उम्मेदवार बन्न लागेको जानकारी दिए । कांग्रेस कार्यतालिकाअनुसार काठमाडौंमा मंसिर १० का लागि जिल्ला अधिवेशनको मिति तय गरिएको छ। यही विषयमा उनीसँग गरिएको कुराकानी :
तपाईंको उम्मेदवारीका आधार के–के छन् ?
म यसअघि कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर कार्यसम्पादन गरिसकेको छु । काठमाडौंको सचिवको जिम्मेवारीमा रहेर पनि काम गरिसकेको छु। यिनै अनुभवका आधारमा म सभापतिको तयारीमा जुटेको छु।मलाई पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाको साथ छ। यसअघि राजु श्रेष्ठले सभापति बन्ने घोषणा गर्नुभएको छ। उहाँले पनि मलाई साथ दिनुहुनेछ भन्ने विश्वास छ।
समूह कस्तो बन्छ र कहिले घोषणा गर्नुहुन्छ ?
केही दिनमै उम्मेदवार घोषणा हुन्छ । कांग्रेसको विधानले नै समावेशिताको परिकल्पना गरेको छ । विधानअनुसार योग्य र सक्षमलाई समेटेर टिम बनाँउछौँ । केही आकांक्षीहरू पनि अगाडि आइसक्नुभएको छ।छिट्टै घोषणा हुन्छ।
तपाईंका योजना र प्रतिबद्धता के–कस्ता हुनेछन् ?
हामी लिखित रूपमा हाम्रा योजनाहरू केही समयमा सार्वजनिक गर्छौँ । अहिलेको कार्यसमितिले गरेका राम्रा कामलाई निरन्तरता दिएर नयाँ योजनामा काम गर्ने योजना रहनेछन्। विशेषगरी वैचारिक अस्पष्टता हटाउन तल्लो तहसम्म प्रशिक्षण दिने, प्रविधिमैत्री कांग्रेस बनाउने र कांग्रेसभित्रको फुटलाई अन्त्य गर्ने मेरो योजना र प्रतिबद्धता रहनेछ। काठमाडौं कांग्रेसलाई नमुना बनाउने मेरो लक्ष्य रहनेछ ।
विधानले जिल्ला सभापतिका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्नुपर्ने व्यवस्था गरेको छ नि ?
मंसिर ६ मा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनाेटको कार्यतालिका तय भएको छ। यसका लागि पनि सहयोगका लागि म आग्रह गर्छु।
कांग्रेस काठमाडौं सभापतिका दाबेदार खड्का भन्छन्- योग्य र सक्षमलाई समेटेर टिम घोषणा गर्छु
चार सहसचिव सचिवमा बढुवा
३ हप्ता अघि
सुझावित समाचार
अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरी निरीक्षकको आधारभूत तालिम…
इन्साइट टेक्नोलोजीलाई साइबर सेक्युरिटी अवार्ड
ललितपुर । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा.लि. अन्तर्राष्ट्रिय पुरस्कार ‘एआई इन साइबर सेक्युरिटी अवा…
आइतबार १० बजेसम्मका १० समाचार
बुढीगण्डकी बाढी- पाँचजना सम्पर्कविहीन, तीन जलविद्युत् आयोजनामा क्षति बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्।…
शिखर सुजको युवालक्षित नयाँ डिजाइन बजारमा
काठमाडौं / नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणी नामका रूपमा चिनिएको शिखर सुजले युवालक्षित केही मोडलका जुत्ताहर…
सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन
काठमाडौं/ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डव…
चोलेन्द्रलाई सहयोग गर्न खोज्दा आफ्नै जागिर गुमाए एआइजी दाहालले
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरामाथि सरकारले अनुसन्धान थालेपछि उनलाई सहयोग गर्न खोज्दा सशस्त्र प्रहरीका एआइजी व…