स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी पर्व मनाउन प्रचण्डकाे अपिल

बुधबार, २४ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना त्रास कायमै रहेकाले  स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् । 

छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले यस्तो अपिल गरेका हुन् । उनले  बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ–आफ्नै पृष्ठभूमि रहेको पनि अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल रहेको बताएका छन् । 

See More On

सुझावित समाचार