इन्टरपोलको साधारण सभामा भाग लिन प्रहरी महानिरीक्षक टर्की जाने

सोमबार, २२ कार्तिक, २०७८
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को ८९औँ साधारण सभामा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री टर्की जाने भएका छन् । महानिरीक्षक थापा नेतृत्वको प्रहरी टोली ५ मंसिरमा टर्की जाने तय भएको हो। 

आगामी ७ देखि ९ मंसिरसम्म टर्कीको राजधानी इस्तानबुलमा इन्टरपोलको ८९औँ साधारण सभा हुँदै छ । विभिन्न देशका प्रहरी प्रमुख सहभागी हुने सम्मेलनमा आइजिपी थापा, अपराध अनुसन्धान विभागका एआइजी प्रद्युम्न कार्की, इन्टरपोल शाखाका अधिकारीलगायत प्रहरी अधिकारी टर्की जान लागेका हुन् । 

महानिरीक्षक थापाको भ्रमणका लागि सरकारले गत महिना नै स्वीकृति दिइसकेको छ । सम्मेलनमा सीमापार अपराध अनुसन्धानका सहकार्यसम्बन्धी विषयमा छलफल हुने प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए ।
 

सुझावित समाचार