तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति

शनिबार, २० कार्तिक, २०७८
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सदभाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छिन् । 

 तिहारको  अवसरमा राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा सो विश्वास व्यक्त गरेकी हुन् । उनले सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि  शुभकामना व्यक्त गरेकी छिन् । 

सुझावित समाचार