प्रजातान्त्रिक गणतन्त्र कंगो शान्तिसेनामा कार्यरत प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई ११औँ राष्ट्रसंघीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा. मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ ।
डा. मल्ल कंगोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइका प्रमुख छिन् । उनले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।