नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदमा एकछिन पनि बस्ने अधिकार नभएको बताएका छन्। नेपाल बार एसोसिएसनको आह्वानमा बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै उनले अदालतमा जबराले विकृति भित्र्याएको बताए। ‘उहाँले अब न्यायालय सम्हालन सक्नुहुन्न । पदबाट राजीनामा दिनुपर्छ,’ श्रेष्ठले भने।
जबराले आलटाल गरे भोलिको कार्यक्रमपछि कानुन व्यवसायी र जनता सडकमा आउने अवस्था आउन सक्ने चेतावनी श्रेष्ठले दिए। ‘अहिले खुरुक्क राजीनामा दिनु सम्मानजनक कि महाभियोग लगाएर हटाँउदा ?’ उनले प्रश्न गरे।