रुसी सुरक्षा परिषद्का उपाध्यक्षद्वारा विश्वव्यापी खाद्यसंकटको चेतावनी

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले विश्वव्यापी खाद्यसंकटको चेतावनी दिएका छन्। खाद्यसंकटको चेतावनी दिँदै उनले विश्व अर्थतन्त्रमा मन्दीलाई जित्नका लागि कसैले पनि सही भविष्यवाणी गर्न नसक्ने दाबी गरेका छन्।

 ‘यो स्पष्ट छ कि विश्वमा खाद्यसंकट आउँदै छ। खाद्यान्नको मूल्य जताततै बढिरहेको छ। खाद्य मुद्रास्फीति तीव्र गतिमा छ,’  रोसिस्कायाद्वारा प्रकाशित लेखमा मेदवेदेवले उल्लेख गरेका छन्।

उनले विश्व अर्थतन्त्र सन् २००८–२००९ को आर्थिक संकटको तुलनामा निकै गम्भीर मन्दीबाट गुज्रिरहेको कुरामा जोड दिएका छन्।  ‘विदेशी व्यापार पुनः सुरु हुने दरमा धेरै कुरा निर्भर हुनेछ, विशेषगरी सेवाहरूको निर्यात–आयातको सन्दर्भमा । त्यसैले अब कसैले पनि सही पूर्वानुमान गर्न सक्दैनन्,’ उनको दाबी छ।

रुसी सुरक्षा परिषद्का उपाध्यक्षले खोप र नयाँ भाइरसको उदयजस्ता गैरआर्थिक कारकहरूले हाल विश्वको आर्थिक अवस्थालाई असर गरिरहेको उल्लेख गरेका छन्। रासस

सुझावित समाचार